images
images

एमालेको प्रतिनिधि परिषद् बैठकः २ हजार ४ सयको सहभागिता रहने

  • ८ बैशाख २०८१, शनिबार ०६:४५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज ललितपुरको गोदावरीमा सुरु हुँदै छ।

गोदावरीस्थित सनराइज सभाहलमा २ दिन सम्म चल्ने परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ। एमालेले महाधिवेशनपछिको सबैभन्दा ठूलो भेला गर्न लागेको हो। परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

यसैगरी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्नेछन्। एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख छ।