images
images

मातृभाषाको जगेर्ना गर्ने अल्पाईन पब्लिक स्कूलको प्रयास, संस्कृत भाषाको पठनपाठन सुरु

  • ११ बैशाख २०८१, मंगलवार १३:२९

दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित अल्पाईन पब्लिक स्कुलले चालु वर्षको नयाँ शैक्षिक सत्रदेखि संस्कृत भाषाको पठनपाठन सुरु गरेको छ ।

सरकारी विद्यालयमा समेत संस्कृत विषयको पठनपाठन नभईरहेका बेला अल्पाईनले संस्कृत भाषाको पठनपाठनलाई जोड दिएको हो । बिद्यालयले चालु वर्ष २०८०/८१ को नयाँ शैक्षिक सत्रबाट कक्षा ५ देखि १० कक्षा सम्मका बिद्यार्थीहरुलाई लक्षित गरी संस्कृत भाषाको पठनपाठन सुरु गरेको हो । अल्पाईन पब्लिक स्कूल चरिकोटका प्रिन्सिपल उद्धब थापाले अंग्रेजी भाषाको सिकाईसँगै नेपाली मातृभाषाको रुपमा रहेको संस्कृतको सिकाईलाई पनि बिद्यालयले प्राथमिकतामा राखि पठनपाठन सुरु गरेको जानकारी दिनुभयो । प्रिन्सिपल थापाले नेपाली र संस्कृत व्याकरणलाई सँगै लैजाने भन्दै सनातन धर्म, संस्कृति र रितिरिवाजलाई जोड दिने उद्धेश्यले चालु वर्षदेखि यसको पठनपाठनलाई बिद्यालयले समेटेको बताउनुभयो । बिद्यालयले यो वर्षको नयाँ शैक्षिक सत्रमा संस्कृत भाषाको पठनपाठन सुरु गरेपनि छुट्टै कोर्षको रुपमा भने लागु गरेको छैन । उहाँका अनुसार तत्कालका लागि विषय शिक्षकले स्कूलको पठनपाठन प्रभावित नहुनेगरी निश्चित पिरियड छुट्टयाएर अध्यापन गराईने छ ।

बिद्यालयले चालु वर्ष २०८०/८१ को नयाँ शैक्षिक सत्रबाट कक्षा ५ देखि १० कक्षा सम्मका बिद्यार्थीहरुलाई लक्षित गरी संस्कृत भाषाको पठनपाठन सुरु गरेको हो । २०६३ सालमा स्थापना भएको अल्पाईन पब्लिक स्कुल चरिकोटमा हाल १ हजार ५६ जना बिद्यार्थीहरु अध्ययनरत छन् ।

पछिल्लो समय विद्यार्थीहरुमा सानो तनाव पनि व्यवस्थापन गर्न नसक्ने, समस्या देखिएकाले संस्कृत भाषाको पठनपाठनलाई ध्यान, योगसँग जोडेर लैजाने तयारी गरिएको प्रिन्सिपल थापाले बताउनुभयो । यसले विद्यार्थीहरुमा तनाव व्यवस्थापन लगायत जीवनका चुनौतीहरुलाई सामना गर्नसक्ने क्षमताको समेत विकास हुने प्रिन्सिपल थापाको भनाई छ । २०६३ सालमा स्थापना भएको अल्पाईन पब्लिक स्कुल चरिकोटमा हाल १ हजार ५६ जना बिद्यार्थीहरु अध्ययनरत छन् । विगतमा सामुदायिक विद्यालयमा अनिवार्य रुपमा संस्कृत विषयको पठनपाठन हुने गरेपनि अहिले सो विषयको पढाई हुन छाडेको छ ।