images
images

लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुरले गरे मन्त्रीपरिषद् बिस्तार

  • ६ बैशाख २०८१, बिहीबार १४:५४

लुम्बिनी प्रदेशमा १० सदस्यीय मन्त्रीपरिषद बिस्तार भएको छ ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज ७ जना विनाविभागीय सहित १० सदस्यीय मन्त्री परिषद विस्तार गर्नुभएको हो । जसअनुसार एमाले संसदीय दलका उपनेता अर्घखाँचीका चेतनारायण आचार्यलाई अर्थमन्त्रालय, माओवादीका दीपेन्द्र पुनलाई स्वास्थ्य र जसपाका भण्डारीलाल अहिरलाई कृषी तथा भुमी व्यवस्था मन्त्रालयको जिम्म्ेवारी दिईएको छ । यस्तै एमालेका दिनेश पन्थी, अर्जुनबहादुर केसी, भुमीश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकिकृत समाजवादीका भगवती अधिकारी विना विभागीय मन्त्री बनेका छन् ।

यसैबीच, मधेश सरकारले पनि मन्त्रिपरिषद विस्तारको तयारी गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज माओवादी केन्द्रबाट २ र नेकपा एकिकृत समाजवादीबाट एक गरि ३ मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो ।