images
images

सिन्धुलीमा दुई वटा सवारी साधन एक आपसमा ठोक्किँदा दुई जना घाईते  

  • २२ फाल्गुन २०८०, मंगलवार ०९:४५

सिन्धुली । सिन्धुलीमा दुई वटा सवारी साधन एक आपसमा ठोक्किँदा दुई जना घाईते भएका छन् ।

दुर्घटनामा परी घाईते हुनेमा धनुषाका १८ वर्षीय पारस वि.क र कमलामाई नगरपालिकाका २१ वर्षीय सुनिल बम्जन रहेका छन् । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३७ प ०६८४ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्रदेश २–०८–००१ ह ००५४ नम्बरको अटो एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटना परी घाइते भएकाहरुको स्थानीय अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि भिमान पोली क्लीनिकमा उपचार भइरहेको सिन्धुली प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै सवारीसधानलाई नियन्त्रणमा लिइएको छ ।