images
images

लुम्बिनीमा माओवादी नेता जोखबहादुर महरा मुख्यमन्त्री नियुक्त

  • २३ चैत्र २०८०, शुक्रबार १५:३८

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता जोखबहादुर महरा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको महत हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । महतलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, जनता समाजवादी पार्टीका ३, नेकपा एकीकृत समाजवादीका १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाले हस्ताक्षर गरेका हुन् । लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीले हिजो पदमबाट राजीनामा दिएपछि महतले दाबी पेश गर्नुभएको थियो ।