images
images

बैतेश्वरमा शिक्षक सरुवामा मनोमानी भएको एकिकृत समाजवादीको आरोप

  • ८ बैशाख २०८१, शनिबार १७:४५

दोलखा । नेकपा एकिकृत समाजवादी बैतेश्वर गाउँ संकगठन कमिटि दोलखाले पालिकाले राजनीतिक आस्थाको आधारमा मनोमानी ढंगले शिक्षक सरुवा गरेको भन्दै आपत्ति जनाएको छ ।

नेकपा एस बैतेश्वर गाउँ कमिटिले आज विज्ञप्ती जारी गर्दै पालिकाले हालै गरेको शिक्षक सरुवाको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । कमिटिका सचिव रविन दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा पालिकाले मनोमानी ढंगले राजनैतिक र व्यक्तिगत प्रतिशोध साँधेर शिक्षक सरुवा गरिरहेको उल्लेख छ । विज्ञप्तीमा अमुक राजनैतिक पार्टीको झण्डाको आडमा गरेको सरुवालाई निश्पक्ष रुपमा सच्याउन अनुरोध गरिएको छ । पछिल्लो समयमा शिक्षा क्षेत्रमा पालिकाको स्तर खस्किएको प्रति ध्यानाकर्षण भएको भन्दै पालिकाका कर्मचारी र जनप्रतिनिधिहरुलाई जानपक्षीय काम गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

विज्ञप्तीमा पालिकाले मनोमानी ढंगले राजनैतिक र व्यक्तिगत प्रतिशोध साँधेर शिक्षक सरुवा गरिरहेको उल्लेख छ । नेकपा एसले स्थानीय सरकार विना योजना र एजेन्डा आफ्नो कार्यकर्ता भर्ति केन्द्र र कार्यकर्ता पालनको केन्द्रका रुपमा विकसित भएको भन्दै गलत काम र गतिविधिहरुको खवरदारी गर्ने जनाएको छ ।

नेकपा एस बैतेश्वर गाउँ कमिटिले स्थानीय सरकार जनताको आधारभुत आवश्यकता प्रति जवाफेही नभएको आरोप पनी लगाएको छ । गाउँपालिका शिक्षा स्वास्थ्य, खानेपानी, कृषी सिञ्चाई जस्ता जनताको आधारभुत आवश्यकतामा बजेट विनियोजन नगरी बाटो ढलान गर्ने र बजेट सक्ने काममा लागेको विज्ञप्तीमा उल्लेख छ । नेकपा एसले स्थानीय सरकार विना योजना र एजेन्डा आफ्नो कार्यकर्ता भर्ति केन्द्र र कार्यकर्ता पालनको केन्द्रका रुपमा विकसित भएको भन्दै आफ्नो पार्टीले पालिकाको गलत काम र गतिविधिहरुको खवरदारी गर्ने जनाएको छ ।