images
images

सुदूरपश्चिममा ‘काउन्टर’ गठबन्धन बन्दै, प्रचण्ड–ओली सशंकित

  • २ बैशाख २०८१, आईतवार १५:४०

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धन बन्ने भएपछि शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

केन्द्रको निर्देशन विपरीत सुदूरपश्चिममा अर्को गठबन्धन बन्न लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका हुन् । सत्ता गठबन्धनभित्र सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिप्रति नेपाली कांग्रेस मिलेर काउन्टर गठबन्धन निर्माण गर्ने प्रयास भएको छ । त्यसका लागि नाउपाको रेशम चौधरी पक्ष, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजावादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु मुख्यमन्त्रीको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।