images
images

जिरीको पुरानो गाउँमा बोलेरो दुर्घटना, दुई जना घाइते

  • २३ माघ २०८०, मंगलवार १३:२६

जिरी । (दोलखा) दोलखाको जिरी नगरपालिका–८ पुरानो गाउँमा बोलेर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
जिरी नगरपालिका– ८ पुरानो गाउँमा आज करिब मध्यान्न १२ बजे बोलेर दुर्घटना भएको हो । दुर्घटनामा परी तामोकोशी गाउँपालिका–१ का ४६ वर्षीय कृष्ण बहादुर खत्री र रौतहटको चन्द्रपुर नगरपालिका–७ का सञ्जीव शाह घाइते भएको इलाका प्रहरी कार्यालय जिरी प्रहरी निरिक्षक (इन्ष्टपेक्टर) सरण मर्हजनले जानकारी दिनुभयो । खावाबाट पुरानोगाउँतर्फ जादै गरेको बागमती प्रदेश ०१–०२५ च २६५२ नम्बरको बोलेरो आफैँ अनियन्त्रीत भई दुर्घटना भएको थियो ।

प्रहरी निरिक्षक मर्हजनका अनुसार घाइतेहरुलाई घटना स्थलबाट उद्धार गरी उपचारको लागी चरिकोट लगिएको छ ।