images
images

त्रिशूली नदीमा बस खस्योः ४ जनाको मृत्यु, ३३ को उद्धार

  • २३ फाल्गुन २०८०, बुधबार ०६:५९

काठमाडौं । त्रिशूली नदीमा यात्रुवाहक बस खस्दा ४ जनाको मृत्यु भएको छ भने ३३ जनाको उद्धार गरिएको छ ।

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीबाट आज बिहान त्रिशूली नदीमा बस खस्दा ४ जनाको मृत्यु भएको हो । मृत्तकको पहिचान भने खुल्न सकेको छैन । कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २१२१ नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमाण्डमा खटिएको प्रहरीले टोलीले ३३ जनाको उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।