images
images

धादिङ दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो, ३७ जनाको जिवितै उद्धार

  • २३ फाल्गुन २०८०, बुधबार ०८:५५

धादिङ । धादिङस्थित त्रिशूली नदीमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीबाट आज बिहान त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको हो भने ३७ जनाको जिवितै उद्धार गरिएको हो । मृत्तकको पहिचान भने हालसम्म खुल्न सकेको छैन । कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २१२१ नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो । सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमाण्डमा खटिएको प्रहरी टोलीले ३७ जनाको उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई पक्राउ गरिएको छ ।