images
images

प्रधानमन्त्री प्रचण्ड बिरुद्ध सर्वोच्चमा रिट दर्ता

  • २३ फाल्गुन २०७९, मंगलवार १३:३२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको सर्वोच्च अदालतमा दायर गरिएको रिट दर्ता भएको छ ।

मुद्धाको फागुन २५ गतेलाई पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता गरेका थिए । २०७६ साल माघ १ गते माघीको अवसरमा टुडिँखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्धन्द्धकालमा मारिएका ५ हजारको जिम्मा मात्र आफूले लिएर अभिव्यक्ति दिनुभएको थियो । सो अभिव्यत्ति, विरुद्ध फौजदारी अभियोगमा छानविन र कारबाही हुनुपर्ने आदेश माग गरिएको छ ।