images
images

सिन्धुलीमा ट्याक्टर दुर्घटनाः एक युवकको मृत्यु, चालक घाईते

  • २४ फाल्गुन २०८०, बिहीबार ०८:०३

सिन्धुली । सिन्धुलीमा ट्याक्टर दुर्घटनामा परी गम्भीर घाईते भएका एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाईते भएका फिक्कल गाउँपालिका–५ का ३० वर्षीय दिनेश काफ्लेको मृत्यु भएको हो । कमलामाई नगरपालिका–३ सोलाभञ्ज्याङ तुफान डाँडाँस्थित भित्री सडकखण्डमा सिन्धुलीबाट चपौलीतर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ त ४११३ नम्बरको सिमेन्ट र रड लोड भएको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाईते भएका थिए ।

घाईते भएका ट्याक्टर चालक तिनपाटन गाउँपालिका–१ का २५ वर्षीय गोपाल तोलाङगीको भने सिन्धुली अस्पतालमा उपचार भइरहेको छ भने काफ्लेको उपचारको क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।