images
images

सिन्धुलीमा दुई वटा सवारीसाधन एक आपसमा ठोक्किँदा चालकको मृत्यु

  • २५ चैत्र २०८०, आईतवार ०६:५१

सिन्धुली । सिन्धुलीमा मोटरसाइकल र बस आपसमा ठोक्किँदा गम्भीर घाईते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी कमलामाई नगरपालिका–६ का ३० वर्षीय दिपेन्द्रप्रसाद पटेलको मृत्यु भएको हो । तीनपाटन गाउँपाालिका–३ जोगेस्थित सिन्धुली चकमके भित्री सडकखण्डमा चकमकेबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश–२–०२–००३ प ३४८८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट चकमकेतर्फ जाँदै गरेको बागमती प्रदेश–१–००६ ख ४६१४ नम्बरको बस एक्कासी अनियन्त्रित भएर ठोक्किएपछि मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक पटेल गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका उनको उपचारको क्रममा मृृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बस र चालक तीनपाटन गाउँपालिका–२ का ४१ वर्षीय रामबहादुर थापामगरलाई पक्राउ गरिएको छ ।