images
images

सिन्धुपाल्चोकको सुकुटेमा योद्धा गाडीको ठक्करवाट स्कुटीमा सवार दोलखा नाम्दुका युवकको मृत्यु, दुई जना घाइते

  • २५ माघ २०८०, बिहीबार ०८:४६

दोलखा । काठमाडौंवाट दोलखातर्फ आउँदै गरेको स्कुटीलाई बिपरित दिशावाट आउँदै गरेको गाडीले ठक्कर दिँदा दोलखाको वैतेश्वरका एक युवकको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको सुकुटेमा हिजो वेलुकी भएको दुर्घटनामा दोलखाको वैतेश्वर गाउँपालिका—६ नाम्दुका २० वर्षीय प्रज्जवल तामाङको मृत्यु भएको हो । योद्धा गाडीले स्कुटीलाई ठक्कर दिँदागम्भीर घाइते भएका तामाङलाई उपचारका लागि धुलिखेल लैजादै गर्दा वीच बाटोमै मृत्यु भएको थियो । गाडीको ठक्करवाट गम्भीर घाइते भएका युवकलाई अरु गाडीमा सवार यात्रुहरुले उद्धार गरी धुलिखेल अस्पताल पुर्याएका थिए ।

स्कुटीमा सवार उदयपुरको गाइघाट बस्ने युवती २० वर्षीया निलु राई पनि घाइते भएकी छिन् । उनको शरीरको बिभिन्न भागमा चोट लागेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । सुकुटेवाट काठमाडौंतर्फ जाँदै गरेको बा १९ च ९१२३ नम्बरको योद्धा गाडीले हिजो वेलुकीकरिव ७ बजे काठमाडौंवाट दोलखातर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२७ प ८५६२ नम्बरको स्कुटर र बा ४२ प ४१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा तीन जना घाइते भएकामध्ये प्रज्वलको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका १ का ५२ वर्षीय थपबहादुर कार्की पनि घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनापछि योद्धा गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।