images
images

काभ्रेपलाञ्चोकमा आफन्तको विहेबाट फर्कने क्रममा लडेर युवकको मृत्यु

  • २५ फाल्गुन २०८०, शुक्रबार १४:४०

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा लडेर एक युवकको मृत्यु भएको छ ।

काभ्रेको महाभारत गाउँपालिका ३ अग्रेटाका २८ वर्षिय क्षितिज मोक्तानको गोरेटो बाटोबाट १०० मिटर तल खस्दा मृत्यु भएको हो । आफन्तको घरमा विवाहका लागि गएका मोक्तानको घर फर्कने क्रममा महाभारत गाउँपालिका ४ ठाडे स्थित गोरेटोबाटोबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । स्थानीयले घाँस काट्ने क्रममा मृतक मोक्तानको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोहीअनुसार प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।