images
images

ललितपुरमा बोलेरो दुर्घटना, रामेछापका युवकको मृत्यु

  • २५ फाल्गुन २०८०, शुक्रबार १८:३५

ललितपुर । ललितपुर महानगरपालिकामा बोलेरो दुर्घटना हुँदा रामेछापका एक युवकको मृत्यु भएको छ ।

बोलेरो दुर्घटनामा परी रामेछापको मन्थली नगरपालिका घर भई हाल भक्तपुर सिपाडोल बस्दै आएका २१ वर्षीय रामकुमार रायको मृत्यु भएको हो । उनी बोलेरो चालक रहेको प्रहरीले जनाएको छ । ललितपुर महानगरपालिका–१५ सातदोबाटोस्थित सडकमा आज बागमती प्रदेश ०१–०२९ प ९०४६ नम्बरको बोलेरो गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी गम्भिर घाइते भएका बोलेरो चालक रायको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।