images
images

प्रशव पिडामा रहेका महिलाको जिवन रक्षक बन्दै गोकुलगंगा गाउँपालिका, २६ जना गर्भवतीको उद्धार

गोकुलगंगा (रामेछाप) । रामेछापको गोकुलगंगा गाउँपालिकाले २६ जना सुत्केरी महिलाको एम्बुलेन्स मार्फत उद्धार गरेको छ ।

गोकुलगंगा गाउँपालिकाले गत वर्षदेखि हालसम्मको अवधिमा २६ जना सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको हो । गत आर्थिक वर्ष २०७९/८० देखि पालिकाले पालिकाभित्रकै अस्पताल तथा बर्थिङ सेन्टरमा सुत्केरी गराउन नसकी बाहिर रिफर गर्नुपर्ने अवस्थाका गर्भवती महिलालार्ई निशुल्क एम्बुलेन्स मार्फत उद्धार गर्दै आएको छ ।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा मात्रै पालिकाबाट १६ जनाले सो सेवा पाएका छन् । पालिका बाहिरका अस्पतालमा रिफर गर्नुपर्ने अवस्थाका सुत्केरी महिलाहरुलाई गाउँपालिकाले गत वर्षको भदौ महिनादेखि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गर्दै आएको पालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले पालिकाभित्रको स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकी मन्थली, जिरी देखि काठमाडौंसम्म रिफर गर्नुपर्ने बिरामीको लागि उपलब्ध भएसम्म पालिकाको एम्बुलेन्स र नभएको खण्डमा सुत्केरीलाई रिफर गर्दा अन्य नीजि सवारीसाधनमा लाग्ने आवश्यक भाडाको व्यवस्था गरिएको छ ।

पालिकाका स्वास्थ्य संयोजक जागिर रायका अनुसार गाउँपालिकाले पालिकाभित्र रहेका बर्थिङ सेन्टर र अस्पतालबाट रिफर भएका सुत्केरी महिलालाई जिरी अस्पताल लैजानु परेमा ३ हजार, मन्थली पुर्याउनु परेमा ४ हजार ५ सय, खुर्काेटको लागि ५ हजार ५ सय, धुलिखेलको लागि ९ हजार ५ सय र काठमाडौँ लैजानुपरेमा १० हजार ५ सय रुपैयाँ खर्च उपलब्ध गराउँदै आएको छ । सकेसम्म पालिकाले आफ्नै एम्बुलेन्स सेवा उपलब्ध गराउने गरेपनि अन्य एम्बुलेन्स तथा बोलेरो लगायतका नीजि सवारी साधनबाट उद्धार गरिएका सुत्केरी महिलाहरुलाई पनि पालिकाले तोके बमोजिमको खर्च उपलब्ध हुँदै आएको छ । पालिकामा एम्बुलेन्स उपलब्ध रहेको अवस्थामा सोही एम्बुलेन्सले निशुल्क अस्पतालसम्म पुर्याइदिने गरेको छ ।

पालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) का अनुसार पालिकाले पालिकाभित्रको स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकी मन्थली, जिरी देखि काठमाडौंसम्म रिफर गर्नुपर्ने बिरामीको लागि उपलब्ध भएसम्म पालिकाको एम्बुलेन्स र नभएको खण्डमा सुत्केरीलाई रिफर गर्दा अन्य नीजि सवारीसाधनमा लाग्ने आवश्यक भाडाको व्यवस्था गरिएको छ ।  पालिकाले सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स तथा एम्बुलेन्स भाडा दिने व्यवस्था गरेपछि स्थानीयलाई सहज भएको छ भने अर्काेतर्फ प्रशव पिडामा जिवन मरणको अवस्थामा हुने महिलाको जिवन रक्षा गर्ने कार्यक्रम बनेको छ ।

तर, बिरामीलाई पालिकाको एम्बुलेन्स बाहेक बाहिरी एम्बुलेन्स प्रयोग गरी जिल्ला बाहिर रिफर गरेको अवस्थामा भने पालिकाले नगद भुक्तानी गर्ने गरेको छ । गोकुलगंगा गाउँपालिकामा गोकुलगंगा अस्पताल सहित ६ वटा बर्थिङ सेन्टर छन् । ती स्वास्थ्य संस्थाहरुमा हाल ५ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । पालिकाले सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स तथा एम्बुलेन्स भाडा दिने व्यवस्था गरेपछि स्थानीयलाई सहज भएको छ भने अर्काेतर्फ प्रशव पिडामा जिवन मरणको अवस्थामा हुने महिलाको जिवन रक्षा गर्ने कार्यक्रम बनेको छ ।

गोकुलगंगा–३ रस्नालुकी लक्ष्मी नेपालीले पालिकाको यो सेवा आफुहरु जस्तो धेरै महिलाहरुको लागि उपयोगी भएको बताउनुभयो । गत वैशाखमा सुत्केरी एम्बुलेन्स सेवा लिइसकेका उहाँले सो कार्यक्रमलाई निरन्तरता दिन समेत सुझाव दिनुभयो । पालिकामा कार्यक्रम सञ्चालनमा आएपछि स्थानीय धनकुमारी सुनुवारले पनि सो सेवा लिएको परिवारजनले बताएका छन् । रस्नालु विजयटारकी संगीता सुनुवारले पालिकाको स्वास्थ्य संस्थाबाट काठमाडौं रिफर गर्दा १० हजार ५ सय रुपैंया भाडा प्राप्त गरेको बताउनुभयो । चालु आर्थिक वर्ष सुत्केरीलाई एम्बुलेन्स सेवा कार्यक्रम अन्तर्गत पालिकाले ५ लाख रकम छुट्याएको थियो । थोरै बजेटको कार्यक्रम भएपनि यो कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ ।