images
images

आगो निभाउने क्रममा ४ सैनिक जवान जलेर घाईते, ३ को अवस्था गम्भीर

  • २६ चैत्र २०८०, सोमबार १४:०५

डोल्पा । डोल्पामा ब्यारेकबाट सल्किएको आगो निभाउने क्रममा नेपाली सेनाका ४ जवान जलेर घाइेत भएका छन् ।

सदरमुकाम दुनैमा सेनाको ब्यारेकबाट सल्किएको आगो निभाउने क्रममा ४ जना जवान घाइते भएका हुन् । सदरमुकाम दुनैस्थित सेनाको देवीदत्त गण क भदालेका सैनिक जवानहरुले ब्यारेक क्षेत्रको फोहोर व्यवस्थापन गर्न लगाएको आगो सामुदायिक वनमा फैलिएको थियो । सो आगोे निभाउने क्रममा सेनाका ४ जना जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । जलेर घाइते भएका मध्ये ३ सैनिकको अवस्था गम्भीर रहेको र एकजनाको मध्यस्त रहेको प्रहरीले जनाएको छ । चारैजनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि हेलोकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ ।