images
images

आगो निभाउने क्रममा गम्भीर घाईते भएका दुई सैनिकलाई हेलिकप्टरमार्फत नेपालगञ्ज पठाइयो

  • २६ चैत्र २०८०, सोमबार १८:१६

डोल्पा । डोल्पामा ब्यारेकबाट सल्किएको आगो निभाउने क्रममा गम्भीर घाईते भएका दुई सैनिकलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ ।

सदरमुकाम दुनैमा सेनाको ब्यारेकबाट सल्किएको आगो निभाउने क्रममा ४ जना जवान घाईते भएका थिए । तीमध्ये जमदार केशरबहादुर जागा मगर र सिपाही हेमन्त रावललाई सैनिक हेलिकप्टरमार्फत नेपालगञ्जको भेरी अस्पतालमा लगिएको हो । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले डोल्पाको दुनैस्थित जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि प्रारम्भिक स्वास्थ्य उपचारपछि नेपालगञ्ज लगिएको बताउनुभयो । उहाँका अनुसार सदरमुकाम दुनैस्थित सेनाको देवीदत्त गण (क) का प्युठ विजय कोइराला र सिपाही आशिष बुढालाई उद्धार गरिएको हो ।