images
images

महोतरीमा मोटरसाइकल आपसमा ठोक्किँदा दुई चालकको मृत्यु

  • २४ पुष २०८०, मंगलवार ०८:५५

महोत्तरी । महोत्तरीमा मोटरसाइकल एक आपसमा ठोक्किदा दुई चालकको मृत्यु भएको छ ।

बर्दिबास जलेश्वर सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किदा रामगोपालपुर नगरपालिका थलीविर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो मृत्यु भएको हो । औरही नगरपालिका–१ वडा कार्यालयमा बर्दिबासबाट रामगोपालपुर तर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प १८४० नम्बरको मोटरसाइकल र रामगोपालपुरबाट बर्दिबासतर्फ आउँदै गरेको ज ११ प ८०९९ नम्बरको मोटरसाइकल गएराति एक आपसमा ठोक्किएको थियो । सो दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता दिलिपकुमार गिरीले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा परेर घाइते हुनेमा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय श्रीराम गोसाइ र बर्दिबास नगरपालिकाका २६ वर्षीय प्रदीपकुमार यादव रहेका छन् । घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।