images
images

डोल्पा डढेलो अपडेटः गम्भीर घाईते भएका एक सैनिकको मृत्यु

  • २७ चैत्र २०८०, मंगलवार ०६:१३

डोल्पा । डोल्पामा वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाईते भएका एक सैनिकको मृत्यु भएको छ ।

ठुलीभेरी नगरपालिका–३ स्थित मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउँदा गम्भीर घाईते भएका सिपाही २८ वर्षीय हेमन्त रावलको मृत्यु भएको हो । आगो निभाउने क्रममा गम्भीर घाईते भएका ४ जनामध्ये १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा अन्य १२ जना सैनिक पनि घाईते भएका थिए । तर उनीहरुको अवस्था सामान्य रहेको छ । हिजो आगो निभाउने क्रममा गम्भीर घाईते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लाने तयारी गरिएको थियो ।

तर सेनाको हेलिकेप्टर घटनास्थलमा ढिलो गएपछि समयमै सुविधासम्पन्न अस्पतालमा लैजान नसक्दा रावलको मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो । उहाँका अनुसार ३८ वर्षीय केशर मगरको अवस्था गम्भीर रहेको छ । आइतबारदेखि सामुदायिक वनमा फैलिएको आगो हालसम्म नियन्त्रणमा लिन सकिएको छैन ।