images
images

भारतमा सवारी दुर्घटना, ७ नेपालीसहित ८ जनाको मृत्यु

  • २७ चैत्र २०८०, मंगलवार १३:०८

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा चालकसहित ७ जना नेपालीको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

उत्तराखण्डस्थित नैनीतालमा बस दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको हो । मृत्तक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगरका रहेको भारतीय मिडिया टाइम्स अफ इण्डियाले जनाएको छ । जसमा अनन्तराम चौधरी, विनोद चौधरी, उद्यराम चौधरीलगायत रहेका छन् । दुर्घटनामा परी मृत्यु भएका र घाईते भएका सबै नेपालीहरु भारतको जल जीवन परियोजनामा काम गर्ने मजदुरहरु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको हो ।