images
images

अस्पतालमा लाईनमा बसेका पुरुषको अचानक ढलेर मृत्यु

  • २७ फाल्गुन २०८०, आईतवार १३:१०

पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु भएको छ ।

टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका–३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापामगरको आज मृत्यु भएको हो । मुटुको जाँचका लागि टिकट काट्न उनी लाइनमा बसेका थिए । लाइनमा बसेका बेला अचानक ढलेका उनको अस्पतालको आकस्मिक कक्षमा लगेर लगेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले बताउनुभयो ।