images
images

निर्माणाधीन पुलमा काम गर्ने कामदारको डुबेर मृत्यु

  • २८ चैत्र २०८०, बुधबार १५:२५

रामेछाप । सुनकोशी नदीमा निर्माणाधीन पुलमा काम गर्ने कामदारको नदीमा डुबेर मृत्यु भएको छ ।

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुर कोलोञ्जोर स्थित सुनकोशी नदीमा डुबेर मकवापुरका पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा मकवानपुरको भीमफेदी गाउँपालिका ५ अकोटेका तिर्थलाल लामाका ५२ वर्षिय छोरा बल बहादुर लामा रहेका छन् । सुनकोशी नदीमा निर्माणाधीन पुलमा काम गर्दै आएका लामाको नदीमा डुबेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।