images
images

भक्तपुरमा बसको ठक्करबाट धुलिखेलका पुरुषको मृत्यु, दोलखाका चालक पक्राउ

  • २८ माघ २०८०, आईतवार १२:४६

भक्तपुर । भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा धुलिखेलका पुरुषको मृत्यु भएपछि दोलखाका चालक पक्राउ परेका छन् ।

बसले मोटरसाकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ बाँसघारीका ५४ वर्षीय मुकुन्दप्रसाद तिमिल्सिनाको मृत्यु भएको हो । बसको ठक्करबाट तिमिल्सिनाको मृत्यु भएपछि प्रहरीले बससहित चालक दोलखा भिमेश्वर नगरपालिका घर भई हाल काभ्रेपलाञ्चोकमा बस्दै आएका ३५ वर्षीय देहेन्द्रसिंह बस्नेतलाई पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका–१० पलासेमा हिजो साँगाबाट जगातीतर्फ आउँदै गरेको बा २ ख ९४५४ नम्बरको बसले विपरीत दिशातिर जाँदै गरेको बा ७८ प ३१५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालक तिमिल्सिनाको मध्यपुर अस्पतालमा गएराति नै मृत्यु भएको हो ।