images
images

पत्कर पोल्ने क्रममा सल्केको आगोले रामेछापका बृद्धा घाईते, अवस्था गम्भीर

  • २९ चैत्र २०८०, बिहीबार १५:०९

रामेछाप । रामेछापमा बारीमा सुकेको पत्कर पोल्ने क्रममा आगलागी हुँदा एक वृद्धा गम्भीर घाइते भएकी छन् ।

पत्कर पोल्ने क्रममा आगलागी हुँदा मन्थली नगरपालिका–९ पुरानोगाउँ लामाटोलकी ८५ वर्षीया लालमाया तामाङ घाइेत भएकी हुन् । उनी आज बिहान आफ्नै बारीमा सुकेको पत्कर पोल्न गएकी थिइन् । पत्कर पोल्ने क्रममा अचानक तामाङको शरिरमा समेत आगलागी भएको थियो । आगलागी हुँदा गम्भीर घाइते भएकी उनलाई ेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । श्रीयरलाइन्स कम्पनिको हेलिकोप्टरबाट किर्तिपुर स्थित बर्निङ अस्पताल काठमाडौं रिफमर गरिएको रामेछाप प्रहरीले जनाएको छ ।