images
images

च्याउ टिप्न गएका ३ बालक डढेलोमा परी गम्भीर घाईते

  • २९ चैत्र २०८०, बिहीबार १७:३९

डोल्पा । डोल्पामा च्याउ टिप्न गएका ३ बालक डढेलोमा परी गम्भीर घाईते भएका छन् ।

त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परी ३ जना बालक गम्भीर घाईते भएका हुन् । गम्भीर घाईते भएका उनीहरुलाई जिल्ला अस्पताल लगिएको थियो । तर दुनैमा उपचार सम्भव नहुने भएपनि हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगञ्ज लाने तयारी भइरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार मौसमका कारण हेलिकप्टर अवतरण गर्न समस्या भइरहेको छ । घाईते भएका ती बालकको पहिचान भने खुल्न सकेको छैन ।

यसअघि मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाईते भएका तीन सैनिकको मृत्यु भएको थियो ।