images
images

भीमेश्वर नगरपालिकामा दुई घटनाःयुवतीको शौचालयमा लडेर मृत्यु, वनमा बेबारिसे शव फेला

  • २९ फाल्गुन २०८०, मंगलवार १०:१७

जिरी(दोलखा) । दोलखाको भीमेश्वर नगरपालिकामा बेवारिसे शव फेला परेको छ ।

हिजो बेलुकी करिब ७ बजे भीमेश्वर नगरपालिका–७ भुलभुलेस्थित चर्नावती सामुदायिक वनको खोल्सामा एक जनाको शव फेला परेको हो । अन्दाजी १३÷१४ वर्षको जस्तो देखिने सो शवको नाम, थर र वतन समेत नखुलेको दोलखाका प्रहरी निरिक्षक जिवन श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले राती करिब साँढे १० बजे घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखिएको र आज विहान मुचुल्का उठाएको जनाएको छ । घटनाको विषयमा अनुसन्धान थालिएको दोलखा प्रहरीले जनाएको छ ।

यसैबीच, भीमेश्वर नगरपालिका मै एक युवतीको लडेर मृत्यु भएको छ । भीमेश्वर नगरपालिका–७ उखुबारीकी सुजता उप्रेती (कार्की)को शौचालयमा लडेर मृत्यु भएको हो । हिजो दिउँसो करिब ३ बजे शौचालयमा लडेर गम्भीर घाइते भएकी उनको च्छोरोल्पा अस्पताल चरिकोटमा उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पतालमा पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेपछि उनको शव ससुरालाई बुझाइएको हो ।