images
images

च्याउ टिप्न जाँदा डढेलोमा परी घाईते भएका एक बालकको मृत्यु, दुईको अवस्था गम्भीर

  • ३० चैत्र २०८०, शुक्रबार ०८:५०

डोल्पा ।डोल्पामा च्याउ टिप्न जाँदा डढेलोमा परी गम्भीर घाईते भएका एक बालकको मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा हिजो आगलागी हुँदा च्याउ टिप्न गएका तीन बालक गम्भीर घाईते भएका थिए । तीमध्ये १० वर्षीय सुलस बुढाको उपचारको क्रममा मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार डढेलोमा परेका दुई जनालाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भैरहेको छ । गाउँ नजिक रहेको वनमा हिजो गुच्ची च्याउ टिप्न गएका तीन बालक गम्भीर घाईते भएका थिए ।