images
images

आगलागीमा परी गम्भीर घाईते भएकी रामेछापकी बृद्धाको मृत्यु

  • ३० चैत्र २०८०, शुक्रबार १५:१७

रामेछाप । रामेछापमा पत्कर पोल्ने क्रममा सल्केको आगोले पोलेर गम्भीर घाईते भएकी बृद्धाको मृत्यु भएको छ ।

मन्थली नगरपालिका–९ पुरानोगाउँ लामाटोलका असलसिंह तामाङको ८५ वर्षीया श्रीमती लालमाया तामाङको मृत्यु भएको हो । हिजो आफ्नो बारीमा झुस सुकेको पत्कर, झयास पोल्ने क्रममा अचानक उनको शरीरमा आगलागी हुँदा गम्भीर घाईते भएकी थिइन् । गम्भीर घाईते भएकी उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत किर्तिपुर स्थित बर्निङ अस्पताल काठमाडौँ लगिएको थियो । तर उनको उपचारको क्रममा गएराति मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।