images
images

दाङको भालुवाङमा यात्रुबाहक बस दुुर्घटना, १२ जनाको मृत्यु

  • २८ पुष २०८०, शनिबार ०६:१८

दाङ । दाङमा राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाको मृत्यु भएको हो । तर मृत्तकहरुको पहिचान भने खुल्न सकेको छैन । दुर्घटनामा परी मृत्यु हुनेमा एक जना महिला र ११ जना पुरुष रहेको प्रहरीले जनाएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति १० बजे पुलबाट राप्ती नदीमा खसेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्ज्वल सिंहले जानकारी दिनुभयो । उहाँका अनुुसार धेरैको बसले च्यापिएर मृत्यु भएको हो । दुर्घटनामा परी घाइतेहरुको बुटवल र नेपालगञ्जमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।