images
images

जिरीमा काठ बोकेको ट्याक्टर दुर्घटना, चालकको मृत्यु

  • २८ पुष २०८०, शनिबार ०८:१३

दोलखा । दोलखाको जिरी नगरपालिकामा काठको मुढा बोकेर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दोलखाको जिरी नगरपालिका–४ स्थित सिउरानीको जंगलबाट काठको मुढा लिएर राम प्लाई उड फ्याक्ट्री जाँदै गरेको लु ३ त ६८८२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा जिरी नगरपालिका वडा नम्बर ४ मोक्पाका नुर्बु शेर्पाका २४ वर्षीय छोरा दावा शेर्पा रहेका छन् । बीच सडकमा एक्कासी ट्याक्टर पल्टिएर गम्भीर घाइते भएका चालक शेर्पालाई उपचारका लागि काठमाडौँ लैजादैँ गर्दा बीच बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक शरण महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो बेलुकी ५ बजे ट्याक्टर अनियन्त्रित भएर बीच सडकमा पल्टिएको थियो ।

मृत्तक शेर्पाको शव पोष्मार्टमको लागि जिरी अस्पतालमा राखिएको छ ।