images
images

पार्टीको कार्यक्रममा सहभागी भई फर्कने क्रममा प्राध्यापक डा.पाण्डेको निधन

  • २८ पुष २०८०, शनिबार १४:१४

काठमाडौँ । पार्टीको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार प्राध्यापक डाक्टर ताराकान्त पाण्डेको निधन भएको छ ।

मोहन बैद्य किरण नेतृत्वको सो पार्टीका स्कुलिङ बिभाग सदस्य समेत रहेका समालोचक तथा वामपन्थी चिन्तक पाण्डेको बस दुर्घटनामा निधन भएको हो । पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनकोे बस दुर्घटनामा निधन भएको हो । नेपालगञ्जबाट काठमाडौँ जाने क्रममा दाङको भालुवाङमा भएको बस दुर्घटना भएको थियो । प्रगतिवादी साहित्यमा समर्पित प्राध्यापक पाण्डे ईच्छुक सांस्कृतिक प्रतिष्ठानमा अध्यक्ष समेत थिए ।