images
images

काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनाः चालकको मृत्यु, सवार घाईते

  • १ फाल्गुन २०८०, मंगलवार १७:३७

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको अरनिको लोकमार्गमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–७ का २८ वर्षीय मुरारी कार्की रहेका छन् । पाँचखाल नगरपालिका–८ पचाँस किलोस्थित अरनिको लोकमार्ग सडकखण्डमा दोलालघाटबाट जिरो किलोतर्फ आउँदै गरेको बागमती प्रदेश–०२–०३४ प ३३२१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ७२०४ नम्बरको आइचर गाडिसँग ठोक्किँदा दुर्घटना हुँदा उनीहरु घाइते भएका थिए । दुर्घटनामा परी गम्भीर घाइते भएका कार्कीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै अर्का मोटरसाइकल सोही स्थानका २८ वर्षीय राजन दंगाल घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र आईचर चालक काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ का २४ वर्षीय पूर्णबहादुर पहरीलाई नियन्त्रणमा लिइएको छ ।