images
images

रामेछापमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, दुई घाइते

  • १ फाल्गुन २०८०, मंगलवार १७:४६

रामेछाप । रामेछापको रामेछाप नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आज मध्यान्ह करिब १२ः४५ बजे रामेछाप नगरपालिका वडा नम्बर ९ स्थित चिउरीबोटमा ट्याक्टर दुर्घटना हुँदा स्थानीय ३७ वर्षीय गुणराज श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा परि अर्का दुई युवक घाइते भएका छन् । रामेछाप नगरपालिका–८ कात्तिकेका २२ वर्षीय मनोज मगर र २३ वर्षीय चन्द्र बहादुर साही घाइते भएका हुन् । मनोजको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ भने गम्भीर घाइते शाहीलाई उपचारका लागि काठमाडौं पठाइएको रामेछाप प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्मार्टमको लागि रामेछाप अस्पतालमा राखिएको छ ।

तामाकोशी नदीबाट बालुवा लिएर वडा नम्बर–९ चिउरीबोट जाँदै गरेको ना ५ त ६५३६ नम्बरको ट्याक्टर ब्रेक फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता, प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिनुभयो ।