images
images

पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गयो

  • १ फाल्गुन २०८०, मंगलवार १८:२६

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका–६ चिदीमा जीप दुर्घटना हुँदा आज ८ जनाको मृत्यु भएको हो । डुम्रेबाट चिदीसातर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजे दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार हाल घटनास्थलमा पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ ।

जीप दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार कार्य गरी लुम्बिनी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने जीपमा १५ जना सवार रहेको डीआईजी कडायतले बताउनुभयो । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।