images
images

सिन्धुलीमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किदा युवकको मृत्यु

  • ३० फाल्गुन २०८०, बुधबार १२:३०

सिन्धुली । सिन्धुलीमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किदा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा परी सर्लाहिको हरिवन नगरपालिका–७ का ३० वर्षीय रिद्दिबहादुर मिरिङसिङको मृत्यु भएको हो । कमलामाइ नगरपालिका–१३ माथिल्लो रानिबास स्थित मदन भण्डारी लोकमार्गमा आज कटारीबाट भिमान तर्फ आउँदै गरेको मधेश प्रदेश ०४–००१ क ००५१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ९२ प ६५६२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । सो दुर्घटनामा परी मोटरसाइकल चालक मिरिङसिङ गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै सवारी साधन र ट्रक चालक महोत्तरीको गौशला नगरपालिका–१ का ४१ वर्षीय जितबहादुर आलेलाई नियन्त्रणमा लिइएको छ ।