images
images

सिन्धुली दुर्घटनाः श्रीमानले चलाएको कारमा सवार श्रीमती घाईते, ११ जना उपचाररत

  • १० बैशाख २०८१, सोमबार १६:०६

सिन्धुली । सिन्धुलीमा हायसलाई कारले ठक्कर दिँदा ११ जना घाईते भएका छन् ।

जिल्लाको दुधौली नगरपालिका ७ डम्मरखाडी स्थित मदन भण्डारी लोकमार्गमा कटारीबाट भीमानतर्फ जाँदै गरेको हायसलाई कटारीतर्फ जाँदै गरेको कारले ठक्कर दिँदा ११ जना घाईते भएका हुन् । बा ५ ख ७३० नम्बरको हायसलाई भीमानबाट कटारीतर्फ जाँदै गरेको बा ७ च ९७९० नम्बरको होन्डाई कारले ठक्कर दिँदा दुर्घटना भएको हो । घाईते हुनेमा सुनसरी दुहबी नगरपालिका ४ की ५२ बर्षिया देवी आचार्य, ललितपुर महालक्ष्मी नगरपालिका ३ की ३४ बर्षिय निरज खड्का, उनकी ३२ बर्षिया श्रीमती निशा पोखरेल र ५ बर्षिय छोरा त्रिशन खड्का घाईते भएका हुन् ।

दुर्घटनामा मोरङको बेलबारी नगरपालिका ३ की ३६ बर्षिया सिता राई, मोरङको बिराटनगर महानगरपालिका १९ की ४१ बर्षिया शारदा श्रेष्ठ, मोरङको बेलबारी नगरपालिका ६ की २१ बर्षिया प्रतिष्ठा चौधरी, बेलबारी नगरपालिका ४ की २३ बर्षिया प्रिया लिम्बु, उनका २ बर्षिय छोरा यन्सु हाङमा लिम्बु, उदयपुरको कटारी नगरपालिका ८ की २१ बर्षिया सन्जु थापामगर घाईते भएका हुन् । दुर्घटनामा कार चलाईरहेका काठमाण्डौँ महानगरपालिका ३२ का ५८ बर्षिय श्याम प्रसाद उपाध्यायकी श्रीमती ४८ बर्षिया रन्जु कुमारी घिमिरे पनि घाईते भएकी छन् ।

घाईतेहरुको कटारी स्थित सगरमाथा अस्पताल, जिल्ला अस्पताल सिन्धुली, प्रयाग पोलिक्लिनिकमा उपचार भैरहेको सिन्धुलीका प्रहरी प्रबक्ता, प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो ।