images
images

रामेछापमा आगलागीः एक जना घाईते, ६ घर जलेर नष्ट

  • ९ बैशाख २०८१, आईतवार १५:५४

रामेछाप । रामेछापमा जंगलमा लागेको आगो वस्तीमा पस्दा ६ वटा घर जलेको छ ।

रामेछाप नगरपालिका वडा नम्वर ३ साँघुटारमा जंगलबाट सल्किएको आगो बस्तीमा पस्दा स्थानीयको ६ वटा घर जलेर नष्ट भएको हो । आज मध्यान्न करिव १२ बजे भएको आगलागिबाट स्थनीय दीर्घमान श्रेष्ठ र खड्गबहादुर कुमालको घर जलेर नष्ट भएको हो । आगलागीबाट श्रेष्ठको एउटा ढुंगाको छानो भएको र दुई वटा खरको छानो भएको घर जलेका छ भने कुमालको एउटा ढुंगाको छानो भएको, एउट जस्ताको र एउटा खरको छानो भएको घर जलेको रामेछाप प्रहरीले जनाएको छ । आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा तथा नगद जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार घरमा लागेको आगो निभाउने क्रममा श्रेष्ठ सामान्य घाईते समेत भएका छन् । जंगलमा लागेको आगो हावाहुरीका कारण बस्तीमा पसेको र अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।