images
images

डढेलोमा परी गम्भीर घाईते दुई बालकको मृत्यु

  • १ बैशाख २०८१, शनिबार ११:३४

डोल्पा । डोल्पाको सामुदायिक वनमा लागेको डढेलोमा परी गम्भीर घाईते भएका थप दुई बालकको मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा गुच्ची च्याउ टिप्न जाँदा डढेलोमा परी तीन जना बालक गम्भीर घाईते भएका थिए । तीमध्ये १० वर्षीय सुलभ बुढाको हिजो मृत्यु भएको हो भने १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको आज उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको हो ।
यसअघि पनि डोल्पाको ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीन सैनिकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो ।