images
images

रामेछापमा ईभी भ्यान दुर्घटना हुँदा ८ जना घाईते, चालक प्रहरीको नियन्त्रणमा

  • १ बैशाख २०८१, शनिबार १७:५९

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा ईभी भ्यान दुर्घटना हुँदा ८ जना घाईते भएका छन् ।

खाँडादेवी गाउँपालिका–३ चरिखोलामा खाँडादेवी मन्दिरबाट बनेपा जाँदै गरेको बा ४ ख २०६० नम्बरको भ्यान अचानक ब्रेक फेल भएर दुर्घटना हुँदा ८ जना घाईते भएका हुन् । घाईते हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की सरिता दाहाल, सोही स्थानका शंकर दाहाल, बिन्दा तिमल्सिना, आर्सु थापा , सरिता थापा, सुमित्रा थापा, समिर दाहाल, अनुसा केसी, धु्रर्व खतिवडा र प्रगति पाण्डे रहेका छन् । घाईते भएकाहरुको धुलिखेलमा उपचार भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ईभी भ्यान चालक ललितपुर गोदावरी नगरपालिका–१ का गोपीकुमार कुँवरको छोरा सागर कुँवरलाई पक्राउ गरिएको छ ।