images
images

दोलखामा आज एकै दिन १३ जनामा कोरोना संक्रमण

  • ३० पुष २०७८, शुक्रबार ०८:२८

दोलखा । दोलखामा आज एकै दिन १३ जना कोरोना संक्रमित थपिएका छन् ।

विभिन्न पालिकाहरुमा १५ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज सबैभन्दा धेरै जिरी नगरपालिकाका ४ पुरुष र ६ जना महिला तथा तामाकोशी गाउँपालिकाका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । योसँगै दोलखामा संक्रिय कोरोना संक्रमितको संख्या २४ पुगेको छ । सक्रिय संक्रमितमाहरुमा महिला र पुरुष बराबर १२/१२ रहेका छन् ।

जिल्लामा पछिल्लो समय धमाधम कोरोना संक्रमित भेटिरहेका बेला जिरी नगरपालिका कोरोनाको हटस्पट बन्दै गएको छ । जिरी नगरपालिकामा हाल १० जना महिला र ६ जना पुरुष गरी १६ जना संक्रिय संक्रमित रहेका छन् । यस्तै तामाकोशी गाउँपालिकामा ३ जना पुरुष र एक महिला गरी ४ जना, वैतेश्वर गाउँपालिकामा १÷१ जना महिला र पुरुष गरी २ जना संक्रमित छन् । हालसम्म भेटिएका सबै संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् ।