images
images

दोलखाको लप्ची जाने वाटोमा सुख्खा पहिरोः एकको मृत्यु, दुई जना घाइते

  • १ माघ २०८०, सोमबार १६:१९

दोलखा । दोलखाको उत्तरी लामावगरवाट लप्चि जाने सडक निर्माणको क्रममा खसेको सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बिगु गाउँपालिका वडा नम्बर १ लामावगरवाट लप्चि जाने सडकको ट्रयाक खन्ने क्रममा एक्कासी खसेको सुख्खा पहिरोमा परिएर एक नासा हाइड्रो पावरका कामदाकरो मृत्यु भएको हो । दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले सुख्खा पहिरो झर्दा ढुँगाले लागेर नासा हाइड्रोमा काम गर्ने कामदारको मृत्यु भएको जानकारी दिनुभयो । यद्धपि, मृतकको नाम खुल्न बाँकी रहेको छ । दुई जना घाइते पनि सोही हाइड्रोमा काम गर्ने कामदार भएको बताइएको छ । पहिरोपछि लामावगरवाट लप्चि जाने वाटो अवरुद्ध भएको छ । पहिरोका कारण बाटो अवरुद्ध भएको र मौसम समेत प्रतिकुल भएका कारण हेलिकोप्टर पठाउन नसक्दा घाइतेको उद्धार हुन सकेको छैन ।

घाइतेको उद्धारकालागि श्री एयर लाइसेन्सको हेलिकोप्टर मगाए पनि आइनपुगेको स्थानीयले बताएका छन् । लामावगर प्रहरी चौकीवाट प्रहरी सहायक निरिक्षक कैलाश कार्कीको नेतृत्वमा ५ जना प्रहरी र नेपाली सेनाको जमदारको कमाण्डमा ५ जना सेनाको संयुक्त टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । उद्धारकालागि इलाका प्रहरी कार्यालय सिंगटीवाट पनि प्रहरी निरिक्षक विक्रम लामाको नेतृत्व थप प्रहरी बल घटनास्थलतर्फ खटिएको छ ।