images
images

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु

  • ३ फाल्गुन २०८०, बिहीबार ०६:३३

कपिलवस्तु । कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुदूरपश्चिम प्रदेश–०२–००१ ख ००९८ नम्बरको बस गएराति १ बजे सडकबाट २ सय मिटर तल खसेको थियो । मृत्तकमध्ये तीन महिला र सात जना पुरुष रहेका छन् ।

यस्तै दुर्घटनामा परी ३० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये ९ जनालाई बुटवल रिफर गरिएको छ भने अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको कपिलवस्तुका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्तक र घाइतेहरुको सनाखत भने भएको छैन ।