images
images

दाङमा जीपको ठक्करबाट दिदी बहिनीको मृत्यु

  • ३ फाल्गुन २०८०, बिहीबार ०७:४८

काठमाण्डौँ । दाङको देउखुरीमा जीपको ठक्करबाट साइकलमा सवार दिदी बहिनीको मृत्यु भएको छ ।

जिल्लाको लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र ३–०१०२२ च १३६९ नम्बरको जीपले हिजो साँझ सोही दिशातर्फ जादैँ गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी प्यूठानको झिमरूक गाउँपालिका–१ घर भइ हाल राप्ती गाउँपालिका–८ पिपरी बस्दै आएकी ३५ वर्षीया राधा बस्नेत र उनकी बहिनी १६ वर्षीया विपना केसी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

जीपको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको घटना स्थलबाट उद्धार गरी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । जीपका चालक भने फरार रहेको र हाल खोजी कार्य भईरहेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिनुभयो ।