images
images

घरका आगो लाग्दा ६ र ८ वर्षका दुई बालवालिकाले ज्यान गुमाए

  • ३ बैशाख २०८१, सोमबार १३:११

अछाम । अछाममा घरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

मेल्लेख गाउँपालिका–६ को षोडषामा आज बिहान स्थानीय खम्ब बोहोराको घरमा आगालागी हुँदा दीपक बोहोराकी ८ वर्षीया छोरी भावना बोहोरा र छोरा ६ वर्षीय गोपालको मृत्यु भएको हो । खरले छाएको कच्ची घरमा अचानक आगो सल्किएपछि भित्र रहेका बालबालिकाको जलेर आज मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिनुभयो । उहाँका अनुुसार घरमा अभिभावक नभएको बेला आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।