images
images

मोटरसाईकल दुर्घटनाः चालक रामेछापका युवकको मृत्यु, दोलखाका पुरुष घाईते

  • ३ बैशाख २०८१, सोमबार १५:५१

रामेछाप । रामेछापमा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोटरसाईकल चालक रामेछापको मन्थली नगरपालिका ३ कठजोरका जानसिंह नेपालीका छोरा २६ बर्षिय अशोक नेपालीको मृत्यु भएको हो । रामेछापको खाँडादेवी गाउँपालिका ३ भिरपानी स्थित तिल्पुङबाट काठमाडौँ जाँदै गरेको बा ८९ प ४३८२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो । मोटरसाईकल सडकबाट ५० मिटर तल खस्दा नेपालीको टाउकोमा गम्भीर चोट लागेको थियो ।

उनको उपचारको क्रममा सिन्धुलीको खाल्टे अस्पतालमा मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । मोटरसाईकलको पछाडी सवार दोलखाको मेलुङ गाउँपालिका २ घ्याङका ३० वर्षिय सन्जित दर्जी घाईते भएका छन् । उनको अवस्था सामान्य रहेको छ । घटनावारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।