images
images

सेती नदीको १५० मिटर गहिरो खोँचबाट निकालियो एक युवकको शव

  • ३ बैशाख २०८१, सोमबार १७:५९

कर्णाली । सेती नदीको १ सय ५० मिटर गहिरो खोँचबाट सशस्त्रले एक युवकको शव निकालेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ करुवाका २५ वर्षीय जगन पुनको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो । बैशाख १ गतेबाट बेपत्ता भएका पुनको शव सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदीको १ सय ५० मिटर गहिराईमा ढंगामा अड्किएको अवस्थामा आज दिउँसो निकालेको हो । पुनको शव निकालेर पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।