images
images

सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

  • ३२ जेष्ठ २०८०, बिहीबार १३:०९

काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङ प्रवद्र्धन गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाईन बेटिङ ‘वान एक्स बेट’ मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा उनलाई पक्राउ गरिएको जनाएको छ । श्रेष्ठ सानोपर्दाको लोकप्रिय कलाकार हुन् । उनी पछिल्लो समय ‘हल्का रमाईलो र जुठे’ सिरियलमा देखिँदै आएका छन् । प्रतिबन्धित अनलाइन बेटिङ प्रवद्र्धन गरेको प्रकरणमा अन्य १५ जना कलाकार तथा युटुबर पनि पक्राउको सूचीमा रहेको प्रहरीले जनाएको छ ।