images
images

अपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता केसी पक्राउ

  • १२ आश्विन २०८०, शुक्रबार १८:१५

काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको हो । ‘रावायण’ नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । सोही उजुरीको आधारमा उनलाई भक्तपुरको साँगाबाट आज साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा लिइएको एसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ ।

निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको थियो । केसीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले बताउनुभयो ।